उपत्यका कोरोना अपडेट : ६१८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०७ जना, ललितपुरका ६० र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंका एक जनाको मृत्यु भएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।