खोलाले बगाउँदा मकवानपुरमा दम्पतीको मृत्यु

हेटौंडा । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो ।

प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।

खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गइसकेको उनले बताए । 

शुक्रबार र शनिबार मात्रै मकवानपुरमा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको थियो । स्थानीय खोलाहरुमा आएको बाढीले बगााउँदा हेटौंडा–१९, कैलाश र भीमफेदी गाउँपालिकामा गरी तीन जनाको मृत्यु भएको थियो ।