विराटनगरमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

मोरङ । सुनसरीका एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार बिहान ६ः५० बजेतिर मृत्यु भएको हो ।

उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिए । योसँगै नोबेल अस्पतालमा हालसम्म नौ संक्रमितको मृत्यु भएको दाहालले बताए ।