साताको दोस्रो दिन सेयर बजारमा सुधार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से १.७४ अंकले बढेर १५७८.०१ अंकमा बन्द भएको छ ।

नेप्सेमा सुधार हुँदा पनि कारोबार रकम भने घटेको छ । नेप्सेमा कुल १८९ कम्पनीको ६८ लाख १५ हजार १७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार खुलेदेखि नै उतारचढाव देखिएको बजारमा नेप्से १५६६.५५ अंकसम्म झरेको थियो भने माथिल्लो बिन्दु १५८१.५ अंक सम्म पुगेको थियो । बैंकिङ समूहको सूचक वृद्धि हुँदा अधिकांश समूहको सुचक नेगेटिभ भए पनि नेप्से बढेको छ ।

सोमबार विकास बैंक, बैंकिङ, लघुवित्त, होटल र व्यापारबाहेकका सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहको सूचक सबैभन्दा धेरै ३.८८ प्रतिशत र बजारलाई नेतृत्व गर्ने बैंकिङ समूहको सूचक ०.१९ प्रतिशतले वृद्धि भएको छ । यता वित्त कम्पनी समूहको सूचक भने सवार्धिक १.३५ प्रतिशतले घटेको छ ।

सेयर बजारमा हाइड्रोपावर पनि लगानीर्ताको ध्यान विकास बैंकतर्फ मोडिएको देखिन्छ । सोमबार नेप्सेम सबैभन्दा धेरै कारोबार मुक्तिनाथ विकास बैंकको भएको छ । बैंकको १६ करोड ५० लाख ८ हजारको सेयर किनबेच भएको छ ।

कारोबार रकममा मुक्तिनाथ विकास बैंकसँगै, अरुण भ्याली हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी र एनआईसी एसिया बैंक कारोबार रकममा अगाडि देखिन्छन् ।

यता सवार्धिक कमाउनेमा पनि विका बैंक नै अगाडि छन् । मुक्तिनाथ विकास बैंकको सेयर मुल्य करिब १० प्रतिशतले वृद्धि भएर पोजेटीभ सर्किट लाग्दा सवार्धिक कमाउनेमा कर्पोरेट डेभलमेन्ट बैंक, आईसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक र तिनाउ मिसन डेभलमेन्ट बैक अगाडि रहेका छन् । यता गुमाउनेमा भने लघुवित्त हाइड्रोपावर र विकत्त कम्पनीका लगानीकर्ता अगाडि रहेको छन् ।