आजको मौसम : पहाडी भेगमा आंशिक बदली

काठमाडौँ । मुलुकका पहाडी भू–भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाको छ ।

हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली विकसित नभएको महाशाखाले जनाएको छ ।