हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यनूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने विभागले जनाएको छ ।

“विहान साढे ६ बजे ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् “मीनकुमार अर्याल भन्छन्, “आज काठमाडौंमा खासै घाम लाग्ने छैन । काठमाडौंको मौसम दिनभर बदली हुने छ ।”

दिउँसो प्रदेश नं.१, प्रदेश नं. २, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।

प्रदेश नं १ र वागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।