बाबुको हत्याको आरोपमा छोरा पक्राउ

काभ्रे । काभ्रेमा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

बाबुको हत्या गरेको आरोपमा पाँचखाल नगरपालिका–७, जोरपिप्ले बस्ने ३८ वर्षीय राजु गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीचौकी पाँचखालबाट खटिएको प्रहरीले राजुलाई पक्राउ गरेको हो ।