साताको चौथो दिन नेप्से ९ अंकले बढ्यो

काठमाडौँ । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको हो ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.४३७ र कममा २५९४.३७२३ सम्म पुगेको थियो। त्यस्तै आज १ करोड ७६ लाख कित्ता सेयरको किनबेच हुदाँ ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीहरु मध्य सबै भन्दा धेरै निर्फाको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।