सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका–७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ । मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।  उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।