भारतमा एकैदिन १ लाख ६० हजार संक्रमित थपिए

एजेन्सी । भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।  भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या दोस्रो धेरै हो । यसअघि गत ९आइतबार० चैत्र ३० मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ६९ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ ।  यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।