सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति, कसलाई कति ? (सूचीसहित)

काठमाडौँ — लामो समयदेखि अन्योल र छलफलमै सिमित सत्ता गठबन्धनका दलहरुबीच आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सीट बाँडफाँटको भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।