मनाङमा दिपक मनाङे निर्विरोध निर्वाचित

मनाङ । मनाङ प्रदेश सभा सदस्य ‘ख’ का उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन् । उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन् । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेभित्र गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले दोर्जेले उम्मेदवारी फिर्ता गर्न निवेदन दिएको पुष्टि गरे ।