चार महिनामा नागढुंगा सुरूङ ब्रेक थ्रुु हुने

काठमाडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङ अब ५२५ मिटर खनेपछि ुब्रेक थ्रुु हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ब्रेक थ्रु हुन करिब चार महिना लाग्ने बताए।

मंगलबार मन्त्री ज्वाला तथा सचिव केशवकुमार शर्मासहितको उच्चस्तरीय टोलीले नागढुंगा सुरूङमार्ग निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा मन्त्री ज्वालाले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुरूमै टनेलको काम छिटोभन्दा छिटो सक्न निर्देशन दिएको बताए।

ुपछिल्लो समयमा तीव्र गतिमा काम भइरहेको छ। मुआब्जा लगायतका समस्या पनि थिए ति सुल्झिएका छन्। यहाँका जनप्रतिनिधिसँग मिलेर यहाँका समस्या समाधान गर्दै आएका छौं र गर्दै पनि जान्छौं,ु उनले भने।

आयोजनाको मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। प्रतिवेदनअनुसार यस सुरूङको पूर्व ९काठमाडौं० तर्फ ९६९।८ मिटर र पश्चिम ९नागढुंगा० तर्फ बाट एक हजार १९३।२० मिटर गरेर जम्मा २१६३ मिटर खनिसकिएको छ। अब ५२५ मिटर खन्न बाँकी छ।

त्यस्तै ुइभ्याकुएसनु सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यसको दुई हजार ५०१।८० मिटर सुरूङ खनिएको छ।

त्यसमा एक हजार ३०१।७० मिटर र पश्चिमबाट एक हजार २००।१० मिटर सुरूङ खनिएको छ। यसरी कुल दुई हजार ५०१।८० मिटर खनिएको छ। यसको भौतिक प्रगति ९७।८ प्रतिशत सकिएको छ। यो सुरूङ छिट्टै ब्रेक थ्रु हुने आयोजनाले बताएको छ।

तीन वटा अन्डरपास निर्माण गर्नुपर्नेमा सबै पूरा भइसकेको आयोजनाले बताएको छ। त्यस्तै बक्स कलभर्ट चार वटै निर्माण सकिएको छ। एउटा ओभरपास पनि निर्माण भइसकेको छ। तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइओभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको उल्लेख छ।

क्रस–प्यासेजको भने ११०।९० मिटर निर्माण भएको छ। त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ।

नेपालको पहिलो आधुनिक सुरूङमार्गको रूपमा लिइएको नागढुंगा सुरूङमार्ग जापान सहयोग नियोग ९जाइका० को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो।

आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।

कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको आयोजनाले बताएको छ। कोभिडपछि पनि हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो।

आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो। म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो।

यो अवधिमा पनि काम नसकिने भएपछि फेरि म्याद थपिएको हो। २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ।

अहिलेकै गतिमा काम हुने हो भने तोकिएकै अवधिमा सकिने आयोजना प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए।

मन्त्री ज्वालाले पनि तोकिएकै अवधिमा सकिने गरी काम भइरहेको दाबी गरे।

मुख्य सुरूङ निर्माण भने यहि असारसम्म सक्ने योजना थियो तर पनि असारमा भने सकिएन। अब सुरूङ ब्रेक थ्रु छिट्टै हुने श्रेष्ठको तर्क छ।

यसअघि सुरूङ निर्माणमा पटक–पटक भौगर्भिक समस्या देखिएको थियो। निर्माणका क्रममा सुरूङभित्र डिफर्मेसन ९पहिरो जाने० समस्या थियो। यसकारण पनि ब्रेक थ्रुको समय लम्बिएको हो।

आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रूपैयाँमा अयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो।

कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ। सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ।

जाइकाले उपलब्ध गराएको रकम भने ठेक्कामार्फत् आयोजना निर्माणमा खर्च भइरहेको छ।

१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ। पेटी दुवैतर्फ एकरएक मिटर उल्लेख गरिएको छ।

आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरूङ रहन्छ। सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ।

यो सुरूङमार्ग नेपाल आयल निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २।२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ।

सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ। यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ।

अहिले धादिङ हुँदै काठमाडौं प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ। दैनिक तीनदेखि चार घन्टासम्मको जाम हुने यो स्थानमा सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौं २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी सरकारी अधिकारीहरूको छ।