आर्थिक अभावमा छट्पटिँदै दुई बर्षिया बालिका

दमक (पास)– दमक ७ की २ बर्षिया बालिका पबित्रा चौधरी खवासको आर्थिक अभावले अहिलेसम्म उपचार हुन सकेको छैन ।

उनको अस्वभाविक रुपले टाउको बढेको हुँदा उपचारमा सहयोग गर्न लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग गरिएको जानकारी दिइएको छ ।

नोवेल अस्पताल बिराटनगरमा उपचाररत रहेकी बालिकाको सहयोगार्थ लायन्सर्कीहरुले व्यक्तिगत रुपमा सहयोग जुटाएर कोषमा यो सहयोग गरिएको क्लवका अध्यक्ष रुद्र गौतमले बताएका छन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रशासकीय अधिकृत युवराज दाहाल सहित नगरपालिकाले ३ दिनअघि उद्धार गरेर उपचारका लागि नोवेल अस्पताल पु¥याएको थियो ।

बालिकाको उपचारमा सहयोग गर्न इच्छुकहरुका लागि नगरपालिकाले नै प्रभु बैकमा सहयोग कोषका लागि खाता समेत खोलेको छ । दमक नगरपालिकाका अनुसार दमक नगरपालिका (राहत कोष) खाता नंं०१४००१००९८४६१२०००००१ (प्रभु बैक) मा सहयोग गर्न सक्ने जनाइएकोे छ ।

दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहाल, क्लवका अध्यक्ष रुद्र गौतम, उपाध्यक्ष मनोज अग्रवाल, सदस्य बुद्धिशेखर भट्टराई सहितको टोली नोवेल अस्पताल पुगेर बालिकाको उपचारको बिषयमा चासो राख्दै बिशेषज्ञहरुसँग छलफल समेत गरेको छ ।