टर्कीको एक ठाउँ जहाँ उकालोमा आफैँ गाडी गुड्छ

काठमाडौं- न्युटनले सिद्धान्त पत्ता लगाएसँगै पृथ्वीमा गुरुत्व आकर्षण एकैरुपमा पाइन्छ भन्ने ठानिन्छ । तर, विचित्र प्रकृतिले कहिले काहिँ यस्तो संयोग जुराइदिन्छ, जसले विज्ञानका सिद्धान्तलाई नै चुनौती दिन्छ । संसारमा केही यस्ता अनौठा ठाउँ छन्, जहाँ गुरुत्व आकर्षण नभएकै हो कि भन्ने भान हुन्छ ।

टर्की नजिक अर्मिनिया नामकको पश्चिमस्थित माउन्ट एरगेष्ट एउटा यस्तो अनौठो ठाउँ हो जहाँ पुगेपछि प्रतित हुन्छ त्यहाँ गुरुत्व आकर्षणले नै प्रभाव गुमाएको छ । यहाँ यस्ता दृष्य साक्षात्कार गर्नुपर्छ जसले सबैलाई अचम्मित पार्छ । इन्जिन बन्द भएको गाडी आफै सडकमा उकालो लाग्छ । किन यस्तो हुन्छ उत्तर भने कसैसँग छैन ।

यति मात्र नभई माउन्ट एरगेष्ट वरपरका रहेका केही साना नदीमा पानी उल्टो दिशामा बग्छ । स्थानीयका अनुसार यहाँ ओरालो झर्नभन्दा उकालो चढ्न धेरै सजिलो छ । तर, अहिलेसम्म वैज्ञानिकले पनि यहाँको विचित्र प्रकृतिको रहस्य पत्ता लगाउन सकेका छैनन् । माउन्ट एरगेष्टसहित संसारमा केही ठाउँ छन्, जहाँ गुरुत्व आकर्षण नभएको आभाष हुन्छ । एजेन्सीको सहयोगमा