मलद्वार, मुत्रनली फुटेको चौहानलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्चद्वारा उपचार खर्च प्रदान

इलाम– गत फागुनमा स्कुलबाट घर फर्कने क्रममा इलामको सितपुरमा ट्रयाक्टर दुर्घटनामा परेर उपचाररत इलामका उज्जवल चौहानलाई प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाले सहयोग गरेको छ ।

इलाम नगरपालिका वडा नं. १० सानो गोदकका १४ बर्षीय उज्जवल चौहान विगत ४ महिनादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराइरहेका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको शरीरको कम्मरमुनीको भाग खुट्टा, तिघ्रा, मलासयमा गहिरो चोट लागेको छ । उनलाई उपचारको लागी अस्पताल ल्याई पुराउदा उनको अवस्था निकै गम्भिर भएको उपचारमा संलग्न सर्जन डाक्टर बासुदेव बास्कोटाले बताए ।

हालसम्म विभिन्न गरी ९ वटा अपरेसन गरिएको र त्यसमध्ये हात, मलद्वार, मुत्रनली फुटेको थियो । उपचारमा संलग्न डाक्टर बास्कोटाका अनुसार मुत्रनलीसँगै मलद्वारको समस्या भएकोले शुरुका दिनमा पेट काटेर ठुलो आन्द्रामार्फत पाइप जोडी दिसा–पिसाब गराए पनि अहिले अपरेसन पछि सुधारहुँदै गइरहेको छ ।

बिरामीको स्वास्थ सुधार हुदै आए पनि उपचार खर्चले अर्को पिडा थपेको छ पारिवारिक आर्थिक स्थिति नाजुक भएको ले छोरा लाई घर फर्काउन समस्या भएको र सहयोग को लागी स्थानीय सरकार संघ संस्था विद्यालय मार्फत सहयोग जुटाउदै थप सहयोग को अपिल बिरामीका बुवाले गर्दै आएका थिए सोहि सहयोग अपील लाई स्वीकार गर्दै आफ्नो जन्मभुमी घरपरिवार आफ्नत बाट टाढा प्रदेश मा दुख गर्दै आफ्नो दैनिक खानाको केहि अंश कटाएर आफ्नो गाउँठाउँ को सानो भाई को स्वास्थ सुधार होस भन्दै पीडित परिवार लाई केहि सान्त्वना मिलोस भन्दै प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसिया परिवारले रु १०३३५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको संस्थाका सदस्य अबिनास पौडेलले मलेसियाबाट जानकारी दिएका छन् ।

झापामा अवस्थित बि एन्ड सि अस्पतालको बिरामी कक्षमै सहयोग रकम हस्तान्तरण गरिएको छ ।

संस्थामा प्रेम लिम्बु प्रसिद्धि अध्यक्ष, योगेन घिमिरे प्रथम उपाध्यक्ष, सुजन मेवाहाङ द्वीतिय उपाध्यक्ष, डिबि खत्री सचिव, सुरेन्द्र लिम्बू सह सचिव, जीवन लिम्बू अविरल कोषध्यक्ष, सानू रबिना मगर सह कोषध्यक्ष रहेका छन् भने समिति सदस्यहरुमा अबिनास पौडेल, अमर मगर रहेका छन् । मञ्चले यस्तै पीडामा रहेका विभिन्न व्यक्तिहरुलाई यसअघि पनि सहयोग हस्तान्तरण गर्दै आएको छ ।