लिलाम भएन निगमको ३१ वर्ष पुरानो बोइङ

नेपाल वायुसेवा निगमको ३१ वर्ष पुरानो बोइङ दोस्रो पटक पनि लिलाम हुन सकेन । विमान खरिद गर्न प्रस्ताव गर्ने दुवै कम्पनी अयोग्य भएका छन् ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रकाअनुसार एबीएन नामको इजरायली कम्पनीले इमेलबाट र अर्को प्रस्ताव कम्पनीले बिना ठेगाना बोलपत्र बुझाएकाले दुवै नेपालको कानुनअनुसार अयोग्य भएका हुन् ।

निगमले यसअघि असार ११ गते ३० दिनको लिलामी सूचना जारी गरेको थियो ।

निगमले पहिलोपटक सूचना जारी गर्दा अल्फा चार्ली ब्राभो कलसाइनको उक्त जहाजको ६१ करोड र त्यसका ६०० हाराहारीका स्पेयर्स पाट्र्ससमेत गरी रु ८७ करोड न्यूनतम मूल्य तोकेको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।