पहिरा पीडितको बास पालमुनि, बालबालिका जोखिममा

डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिराको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ । गएको शनिबार आएको ठूलो पहिराका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण […]

काठमाडौं उपत्यकाका १४ अस्पतालले कोरोना संकास्पदको स्वाब संकलन गर्ने

काठमाडौं– सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि काठमाडौं उपत्यकाको १४ अस्पताल स्वाब संकलन गर्ने भएको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब […]

सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु : मेलम्ची पहिरामा हराएका ८ शव फेला

सिन्धुपाल्चोक– मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, […]

कस्तो लापरवाही ?

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको छ । समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्यु’ नभएको पनि जनाएको छ । समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न […]

आज देशभर ४१८ जना संक्रमित थपिए, कहाँ के कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोनाभाइरस संक्रमण थपिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ। […]

आज फेरि काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि, आइतबारसम्म ३९ हजारभन्दा बढी सङ्क्रमित

टोकियो– जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् । जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या […]

झापाका दुई स्थानीय तहमा बन्दाबन्दी

झापा– झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो । बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना […]

देशभर २४६ मा र उपत्यकामा ३१ जनामा कोरोना पुष्टि

काठमाडौँ– देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको […]

दार्चुलामा किन वर्षेनी हराउँछन् महिला र बालबालिका ?

दार्चुला– दार्चुलामा गएको चार वर्षको अवधिमा २०४ जना महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले […]