अत्याधिक गर्मीले तराईमा ‘लु’, जनजीवन प्रभावित

बाँके– नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को […]

नासाको स्याटलाइटले एकै दिन नेपालको दुई हजारभन्दा बढी स्थानमा डढेलो देखायो

काठमाडौँ– नेपालको इतिहासमा एकै दिन सबैभन्दा धेरै दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको मोडिस स्याटलाइटको तस्बीरअनुसार पछिल्लो २४ घण्टामा नेपालका ४३ जिल्लामा दुई हजार चार स्थानमा वन डढेलो लागेको देखिएको हो । नेपालमा यसअघि एकै दिनमा सबैभन्दा बढी डढेलो लागेको तथ्याङ्क यही वैशाख १६ गते रेकर्ड गरिएको […]

संसारकै सबभन्दा महान् आमा

काठमाडौँ– वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाखकृष्णपक्ष औँसीको […]

बिआरआइले जोड्न खोजेको विश्व

काठमाडौँ– चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’को दोस्रो अन्तरराष्ट्रिय सहकार्य सम्मेलन शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको छ । चीन र त्यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानिएको छ […]

देसमा नौ लाख मात्र बेरोजगार : तथ्यांक

काठमाडौँ– मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ । जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ […]

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्ने चलन

पर्वत– जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु […]

प्राकृतिक प्रकोपमा परी ४५४ को मृत्यु, साढे चार अर्बको क्षति

काठमाडौँ– गत वर्ष मुलुकका विभिन्न स्थानमा भएका प्राकृतिक प्रकोपमा परी ४५४ नेपालीले ज्यान गुमाएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रकोपमा परी चार हजार १८८ घाइते भएका छन् । प्रकोपबाट ११ हजार ५३३ परिवार प्रकोपबाट प्रत्यक्ष प्रभावित भए । चार हजार २८२ वटा प्रकोपको घटनाबाट मुलुकलाई रु चार अर्ब […]

बिहान चार बजे बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प

बाजुरा– बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ । भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । सुतिरहेको […]

अपडेट : लुक्ला दुर्घटनामा मृतकको संख्या ३ पुग्यो

काठमाडौं– सोलुखुम्बुको लुक्ला एयरपोर्टमा आज भएको हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु […]

लुक्लामा समिट एयरको जहाज र श्री एयरको हेलिकप्टरसँग ठोक्किँदा २ जनाको मृत्यु

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी […]