दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले शिक्षकलाई कालोमोसो दले

चितवन । चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् । गैरेले छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार विद्यालय परिसरमा नै कालोमोसो दलेका थिए । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन, शिक्षकसहितको बैठकमा माफी माग्न भन्दा पनि नमानेपछि गैरेको कर्तुत बाहिर ल्याउनको लागि कालोमोसो दल्न बाध्य […]

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ । कक्षा ११ को आंशिक/ ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ […]

जेठ १३ गते एसईई र जेठ २६ देखि कक्षा १२ को परीक्षा हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परिक्षा भने जेठ २६ देखि सुरु गर्ने भएको छ । कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ ।  अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा […]

प्रदेश सरकारले दिने छात्रवृत्ति पाएनन् जुम्लामा विद्यार्थीहरुले

कर्णाली । कर्णाली प्रदेश सरकारले वितरण गर्ने चालु आर्थिक वर्ष २०७७÷७८ को उच्च शिक्षा छात्रवृत्ति जुम्लाका विद्यार्थीले पाउन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको छ […]

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षा लिने तयारी 

काठमाडौं । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्राडा चन्द्रमणि […]

कक्षा १२ का विद्यार्थीलाई परीक्षा आवेदन फाराम भर्न बोर्डको अनुरोध

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको १२ कक्षामा पढ्ने विद्यार्थीहरुलाई परीक्षा आवेदन फाराम भर्न अनुरोध गरेको छ । बोर्डले सूचना जारी गर्दै परीक्षा आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सुचित गरेको हो । कक्षा १२ का नियमित, ग्रेड वृद्धि आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह) का विद्यार्थीलाई बोर्डले परीक्षा आवेदन भर्न आग्रह गरेको […]

एसईईलगायत परीक्षा जेठमा गर्ने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ। शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ। कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ।  यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन […]

अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा शुल्क तिर्न सूचना जारी गरेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित

बनेपा । काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनीयरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन […]

डोल्पामा हिमपातअघि सकियो वार्षिक परीक्षा

जाजरकोट । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका ६ मध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् […]

त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह […]