यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ नहुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताएका छन् । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए । ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले भने, ‘यही भाद्र […]

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि मात्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई […]

सार्वजनिक भयो एसईईको नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको थियो। परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। […]

दशैँ अगाडि त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उनले भने, “तर […]

लकडाउन त खुल्यो तर विद्यालय सञ्चालन कार्यविधिबारे अन्योल कायमै

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे आज सरोकार भएका पक्षसँग छलफल गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ १ देखि भर्ना र परीक्षा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको […]

बूढानीलकण्ठ स्कुलले शुल्क नलिने

काठमाडौँ– बूढानीलकण्ठ विद्यालयले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्कीस्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको […]

विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल

गलेश्वर– कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ । बेनी नगरपालिका–८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठमा बेनी अस्पतालले आइसोलेसन कक्ष बनाउने भएको हो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला […]