छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै

वासुदेव पौडेल, पोखरा– सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै […]

वैदेशिक रोजगारीबाट अभिशप्त रुमको बेली गाउँ

धु्रबसागर शर्मा, – म्याग्दीको मालिका गाउँपालिका–२ रुम बेलीका गाउँलेले आशौच बारेर बसेका छन् । एक साताअघि रुम बेली गाउँका २८ वर्र्षीय धर्मलाल रोकाको शव मलेसियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जिपमा बाकसभित्र राखेर गाउँमा ल्याई अन्त्येष्टि गरियो । मलेशियामा सुतेकै अवस्थामा मृत्यु भएपछि रोकाको शव गाउँमा ल्याइएको हो । एक दशकअघि उनका दुई जना सहोदर दाइ […]

पोखरा महानगरपालिकाले फेसबुकमा प्रतिबन्ध लगायो

पोखरा (पास)– पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी […]

पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

बेनी, म्याग्दी (रासस)– म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा […]

२६ वर्षपछि पुन: बलेवा विमानस्थल सञ्चालनमा आउँदै

बागलुङ– बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ । नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ […]

उत्पादन घटेपछि माटो परीक्षण शिविर

पर्वत– माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन शुरु भएको छ ।पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । […]

निःशुल्क चालकको आँखा परीक्षण गरिदैँ

पोखरा– बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो । पश्चिमाञ्चल […]

ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइयो

गोरखा (पास)– भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । विसं १६८६ मा गोरखाका राजा राम […]

मुस्ताङमा हिजोदेखिको हिमपात अझै रोकिएन

मुस्ताङ (पास)– हिमाली जिल्ला मुस्ताङमा हिजो (आइतबार)देखिको हिमपात आजसम्म रोकिएको छैन । जिल्लाको मुक्तिनाथ, उप्पलो मुस्ताङ र कोरलामा यस वर्ष दोस्रो पटक हिउँ परेको हो । हालसम्म हिउँ पर्ने क्रम जारी रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना लोमानथाङका प्रमुख तुलसी दाहालले जानकारी दिए । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् । हिमपातसँगै बढेको […]

प्रदेश नं ४ अत्याधिक सम्भावनाको खानी

पोखरा– ‘सम्भावना नै सम्भावनाको खानी प्रदेश नं ४ लाई यहीँका साधनस्रोतले समृद्ध बनाउन सकिन्छ,’ सोमबार प्रदेश नं ४ को प्रथम ऐतिहासिक बैठकबाट बाहिरिएका प्रदेशसभा सदस्यबाट निस्किएको एउटै स्वर हो यो । जलस्रोत, कृषि र पर्यटनकै माध्यमबाट अन्य प्रदेशभन्दा यसलाई विकसित बनाउन सकिने बताउँदै सदस्यहरूले उपलब्ध साधनस्रोतकै उपयोग गरेर यसलाई अन्य भन्दा अब्बल बनाउन सकिने आधार […]