अमेरिका जान लागेका १३ जना नाइजेरियामा अलपत्र

बेनी, म्याग्दी– पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना […]

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’

पोखरा– प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल […]

भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

लमजुङ– अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ । ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत […]

बेनी–जोमसोम सडकको पनि सिण्डिकेट तोडियो

म्याग्दी (रासस)– बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो । विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म […]

प्रचण्ड भन्छन्, जनआकांक्षा पूरा गर्न पार्टी एकता

पोखरा– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आज कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उनले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गरे । निर्वाचन अघि पार्टी एकता गर्ने उद्घोष […]

अधिकारको लडाइँ निरन्तर लड्नुपर्छः अध्यक्ष भट्टराई

पोखरा– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनको संस्थागत गर्दै थप अधिकारका लागि निरन्तर लडाइँ लडिरहनुपर्ने बताएका छन् । नयाँशक्ति पार्टीको भातृ संगठन तमु राष्ट्रिय परिषद नेपालको दोस्रो राष्ट्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक लोकतन्त्र कसैको दयामाया नभई विभिन्न आन्दोलनको बलबाट प्राप्त […]

साधन स्रोतको न्यायोचित वितरण हुनुपर्छः मुख्यमन्त्री गुरुङ

बागलुङ– प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताएका छन् । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले भने, ‘राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।’ ‘स्रोत साधनको न्यायोचित वितरण हुनुपर्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘असमानता, विभेद भयो भने विकास र समग्र प्रक्रिया […]

सिमेन्टको बढ्दो प्रयोगले घान्द्रुकको मौलिकता हराउने चिन्ता

पोखरा– ‘घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,’– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भने । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस ठाउँमा सिमेन्टको प्रयोग बढेको उनले बताए । ‘सिमेन्टका […]

मलेसियामा नेपालीद्वारा कुटपिट गरि नेपालीकै हत्या

पर्वत (पास)– रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा […]

संरक्षणको पर्खाइमा रोग निको पार्ने पानी

लोकेन्द्र खनाल, रुकुम– रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदीसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो छ भने उक्त क्षेत्रको पानी […]