लुटपाट गरेर भाग्दै गरेका भारतीय पक्राउ

दमौली– दिनदहाडै लुटपाट गरेर भाग्दै गरेका चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पश्चिम बङ्गाल कुचविहार जिल्ला कालीबाडी थानाका ३० वर्षीय आनन्द दास, शान्तिपडा थाना वडा नं ६ का ४० वर्षीय विनोद ग्वाला, विहार प्रदेश अररिया जिल्ला जोगमुनी थाना जोगमुनी गाउँका ४२ वर्षीय अजय शाह र पश्चिम बङ्गाल जलपाइ जिल्ला मेनागुडी थाना रेलवेकलौनी […]

पहिरोले खोसियो सहारा

बागलुङ– अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उनको न साथ रह्यो, नत बास […]

आफैँले पढाउने बालिकामाथि अप्राकृति मैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत (रासस)– आफैँले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग […]

खाजा पकाउने क्रममा आगलागी हुँदा बालकको मृत्यु

पर्वत– पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ । स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो । उनी नवजागृत […]

माछा मार्दा वेगनास तालमा डुबेर मृत्यु

पोखरा– वेगनास तालमा माछा मार्ने क्रममा डुबेर आज एकजनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पु¥याइएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

रोल्पामा तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

रोल्पा (रासस)– रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हँुदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो । पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको […]

अन्नपूर्ण क्षेत्रलाई पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

पोखरा– अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी आंैजार प्रयोग गरिने छैन […]

अनिश्चित भविष्यको चिन्तामा मुस्ताङ दुर्घटनाका घाइते र परिवार

पोखरा- “भाइ अझै आइसियुमा छ, ढाडको शल्यक्रिया गरेको छ, खुट्टामा पनि त्यस्तै चोट छ”, मुस्ताङको टिपर दुर्घटनामा घाइते भएका रोल्पा सुनछहरी गाउँपालिका वडा नं १ का विमल घर्तीमगरका दाजु तीलबहादुर घर्तीमगरले भने । उन्नाइस वर्षकै उमेरमा गम्भीर घाइते भएका भाइको अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचार राम्रो भइरहेको बताउने तीलबहादुरलाई भाइको अनिश्चित भविष्यको विषयले यतिखेर […]

पर्यटकीयस्थल र होटल करको दायरामा

बाबियाचौर, म्याग्दी– अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता […]

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरातर्फ

पर्वत (रासस)– हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ […]