माछा मार्दा वेगनास तालमा डुबेर मृत्यु

पोखरा– वेगनास तालमा माछा मार्ने क्रममा डुबेर आज एकजनाको मृत्यु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पु¥याइएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।