१५ वर्षपछि अनुपाको जीवनमा खुशी फर्कियो

झापा– पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी फर्किएको छ ।ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा पर्नुभएको थियो । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार शुरु गरेपछि उनीमा १५ […]

मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

दमक (पास)– काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । आइतबार राति घरायसी विवाद हँुदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा […]

प्रेम राईलाई बचाउन १ लाख ७० हजार

इलाम (पास)– साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि १ लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको १ लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई […]

विप्लव समूहद्वारा एनसेल टावरमा आगजनी

खोटाङ (पास)– नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । […]

बम विष्फोट हुँदा आठजना घाइते

लहान (पास)– अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स (सुनचाँदी पसल) लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास टे«डर्सका सञ्चालक विकास शारडा, उहाँका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी […]

मलेसिया पुगेका वमप्रसाद दुई हप्तामै रित्तो हात घर फर्किए

खोटाङ (पास)– धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गए राति नेपाल फर्काइएको हो । रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुग्नुभएका उहाँ […]

तरकारीमा विषादी लगाइएको भेटिँदा पनि कारबाही भएन

काँकडभिट्टा, झापा– तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुन थालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको […]

मन्त्री पण्डित भन्छन्, कर्मचारीलाई स्वच्छिक अवकाश दिन सकिँदैन

विराटनगर (पास)– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे । उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार […]

बेहुलो भाग्दा ३५ लाख जरिवाना

सुरेन्द्र भण्डारी, सुरुङ्गा, झापा– कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै […]

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर (पास)– प्याराग्लाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले ९ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । […]