दोस्रो बिश्वयुद्धमा मृत्यु जितेर फर्किएका पत्थरमान

खोटाङ– दोश्रो बिश्वयुद्ध चलिरहेको थियो । भारतीय पल्टनमा भर्ती हुन गएका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राई लामो समयसम्म सम्पर्कमा नआउँदा परिवारले मायाँ मारिसकेका थिए । तालिम सके लगत्तै युद्ध मैदानमा पठाइएका उनी बि.सं. २००० सालमा जापानी सेनासँग भएको युद्धमा गम्भीर घाईते भएपछि अस्पतालमा लगिए । उसबेला अहिलेजस्तो न फोनको चलन थियो, न इन्टरनेटकै […]

प्रचार अभावले ‘मिक्लाजुङ’ ओझेलमा

इलाम– पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो । रमणीयस्थल मिक्लाजुङमा […]

सुनसरीको मधुवनमा भीषण आगलागी, ८२ घर जलेर नष्ट

इटहरी (रासस) – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको क्षति भएको छ ।आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ […]

झापाका अधिकांश ठूला होटलका खाद्य वस्तुमा किरा फेला

सुरुङ्गा– बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल व्यवसायी संघ, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको टोलीले बुधबार र बिहीबार दुई दिन गरेको संयुक्त अनुगमनका क्रममा यस्तो पाइएको हो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक […]

बाँसको टहरामा विद्यार्थी

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ५ सम्मका बालबालिकालाई बाँसको टहरामा राखेर पठनपाठन गराइँदै आएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थी भने भूकम्पले चर्काएको जीर्ण भवनमा जोखिम मोलेर […]

इलाम नगरसभाद्वारा महत्वपूर्ण छवटा ऐन पारित

इलाम (पास)– विभिन्न छवटा ऐन पारित गर्दै इलाम नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । सभाले ‘इलाम नगरपालिका सहकारी ऐन २०७४’, ‘इलाम नगरपालिका नगर प्रशासकीय ऐन २०७४’, ‘इलाम नगरपालिका नगर कर्मचारी ऐन २०७४’, ‘इलाम नगरपालिका कृषि व्यावसाय ऐन २०७४’, ‘इलाम नगरपालिका बजार अनुगमन ऐन २०७४’ र ‘इलाम नगरपालिका न्यायिक समिति ऐन २०७४’ पारित गरेको हो […]

कुमाले समुदायको पेशा संकटमा

पथरी, मोरङ– माटोको सामग्री बनाउने कुम्हाले समुदायको पुख्र्यौैली पेशा संकटमा परेको छ । प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा संकटमा परेको हो ।बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाल, लगायतका सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको विगत ३० वर्षदेखि माटाका भाँडा बनाउँदै आएका विराटनगरका सत्यनारायण पण्डितको भनाइ छ । पण्डितका अनुसार करिब […]

नुहाउन गएका चालक बेपत्ता

खोटाङ– महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए। बुढाथोकी […]

दश वर्ष पुग्दा पनि बन्न सकेन रंगशाला

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–१० खलङगाटारमा निर्माणाधीन इमानसिं रंगशाला निर्माण शुरु भएको दश वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।विसं २०६४ बाट निर्माण शुरु भएको जिल्लाको एक मात्र ‘इलेभेन’ साइजको खेलमैदान बजेट अभाव लगायतका विविध कारणले निर्माण कार्यले अझैसम्म पूर्णता नपाएको हो । सेभेन साइजमा रहेको खेलमैदान स्थानीयवासीको परिकल्पनामा रंगशाला निर्माण थालिएको थियो । निर्माणका लागि […]

मोटरेबल पुल निर्माणले गति लियो

ताप्लेजुङ– ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ ।सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी […]