निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

पथरी, मोरङ– वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो । प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि […]

जबरजस्ती करणीको घटना गुपचुप गर्ने दुईजना पक्राउ

पाँचथर (पास)– पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई फागुन ८ […]

आहा ! कति राम्रो तिम्बुपोखरी

पाँचथर– पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रूपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरू फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ […]

अर्जुनधारा नगरलाई समृद्ध बनाउन अभियान

झापा, अर्जुनधारा (पास)– झापाको अर्जुनधारा नगरलाई समृद्ध बनाउने अभियानमा त्यहाँका जनप्रतिनिधि तथा राजनीतिक दलले सहकार्यका लागि सबै सरोकारवालालाई आग्रह गरेका छन् । स्थानीय क्षेत्रका समस्या, चुनौति र समाधानका उपाय विषयमा संवाद समूह झापाले शनिबार नगरपालिकामा गरेको छलफलमा सहभागी उनीहरुले यस्तो बताएका हुन् । छलफलमा निकालिएको चार बुँदे साझा निष्कर्षलाई पनि सो अवसरमा पारित गरेको छ […]

नेपाल शिक्षक संगठनमा खनाल

इलाम (पास)– नेपाल राष्ट्रिय शिक्षक संगठनको ११औँ जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन भएका छन् । यस्तैगरी कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा राई, इन्दिरा शिवाकोटी, नेत्रप्रसाद […]

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ– दैनिक रूपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रूपमा प्रस्तुत भएका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालदेखि […]

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट (रासस)– उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले […]

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने

इलाम (पास)– इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य भइरहेको भन्दै उनले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण […]

खोटाङको धार्मिकस्थल हलेसीधाम जोड्न बतासेघाटमा पुल बन्ने

खोटाङ (पास)– पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा […]

पाथिभरा क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गरिने

काठमाडौं (पास)– ताप्लेजुङस्थित पाथिभरा क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म हुने पाथिभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथनको राष्ट्रपतिबाट उद्घाटन हुँदैछ । महोत्सवमा कृषि उत्पादन, औद्योगिक हस्तकला तथा शिल्पकला, खाद्य परिकार उत्सव, सांस्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, भलिबल प्रतियोगिता गरिने आयोजकले जनाएको छ । नेकपा (एमाले) […]