आर्थिक अभावमा छट्पटिँदै दुई बर्षिया बालिका

दमक (पास)– दमक ७ की २ बर्षिया बालिका पबित्रा चौधरी खवासको आर्थिक अभावले अहिलेसम्म उपचार हुन सकेको छैन । उनको अस्वभाविक रुपले टाउको बढेको हुँदा उपचारमा सहयोग गर्न लायन्स क्लव अफ माउण्ट एभरेष्टको सक्रियतामा दमक नगरपालिकाले बनाएको उपचार कोषमा ६२ हजार सहयोग गरिएको जानकारी दिइएको छ । नोवेल अस्पताल बिराटनगरमा उपचाररत रहेकी बालिकाको सहयोगार्थ लायन्सर्कीहरुले […]

पाँचथरमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

पाँचथर (पास)– याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । दुर्घटनामा परेर याङ्वरक–३ बस्ने छ जना घाइते भएकामा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको […]

अलैँचीमा गुणस्तरको नाममा भाउ घटाउँदै

तेह्रथुम– मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करिब दुई बोरा अलैँची बेच्न पिठ्यूँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुगे । भण्डारीले अलैँची राम्ररी नसुकेको भन्दै लिम्बूलाई घर फर्काए । विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोबार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस उठ्यो । ‘पहिले यस्तै अलैँची व्यापारीले खुसी भएर किन्थे,’ उनले भने । लिम्बूले […]

भारतले नेपाली अदुवा रोकेपछि अदुवा निकासी ठप्प

इलाम (पास)– भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् । भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयौँ ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् । अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् […]

हात्तीबाट इलाम चुलाचुलीका बासिन्दा त्रसित

दमक (पास)– इलामको दक्षिणी चुलाचुली गाउँपालिकाको केही वडामा एक सातादेखि जंगली हात्तीले उपद्रो मच्चाउँदै आएपछि गाँउले त्रसित बनेका छन् । जंगली हात्तीले चुलाचुलीस्थित बुकुवाका घर भत्काउने साथै अन्नबाली नष्ट गरी दिएपछि त्यस क्षेत्रका वडावासी त्रसित भएका हुन् । चुलाचुलीका– वडा नं ४, ५ र १ का १० घर हात्तीले भत्काएपछि हात्ती पीडित विचल्लीमा परेको गाउँपालिकाका […]

रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा खचाखच विद्यार्थी

इलाम, (पास)– पछिल्लो समयमा प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढीरहँदा इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा विद्यार्थीको घुइँचो बढेको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउने हुँदा विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको समयमा पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्यन गर्न आएका छन् । हेटौँडामा बसेर पढ्दै […]

कन्याम क्षेत्रमा सडक विस्तार शुरु

इलाम (पास)– मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ । सूर्याेदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो । मुख्य सडक अतिक्रमणको चपेटामा परेपछि अतिक्रमण समस्या समाधान समिति गठन गरेर मापदण्डअनुसार बनाउन […]

८४ वर्षमा आँखाको ज्योति पाएपछि…

टीका खतिवडा,  इलाम– इलाम नगरपालिका–८ का ८४ वर्षीय जैइबहादुर तामाङले मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएको लामो समय भइसकेको थियो । उज्यालो संसारबाट धेरै समय टाढा रहेका तामाङले हालै इलाममा भएको शल्यक्रियापछि पुनः आँखा देख्न थालेका छन् भने उनले पुनर्जीवन नै पाएको अनुभव गरेका छन् । आँखा नदेखे पनि डाक्टरले आँखा झिकिदिन्छन् भन्ने डरले उपचार नै […]

श्रीमान् श्रीमती झगडा गरी घरमा आगो लगाए

ताप्लेजुङ (पास)– ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा बुधबार राति श्रीमान् श्रीमतीबीच राति घरायसी विषयमा झगडा भएपछि श्रीमान्ले घरमा आगो लगाउँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा […]

१२ वर्षीया बालिकाले बालुबा बोकेर चर्पी बनाइन्

भद्रपुर (पास)– खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनले हालै नदीबाट बालुवा ल्याएर आफ्नो घरमा शौचालय बनाएकी छिन् । घरको आर्थिक अवस्था निकै कमजोर, बुबा बिरामी र आमा बेरोजगार भएपनि अशिकाले […]