तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

काठमाडौँ– आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । उनीहरूले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् । […]

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको […]

आजदेखि शुरु हुने श्रीस्वस्थानी महिमा के हो ?

काठमाडौँ– प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आज सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ […]

दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्दै

काठमाडौँ– राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश गर्ने फर्पिङस्थित दक्षिणकाली नगरपालिकाको कार्यालयबाट अगाडि मूल सडकबाटै […]

पर्वत बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

पर्वत– पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । घटनास्थलमा तीन जना र अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । म्याग्दी सदरमुकामको बेनीबाट नारायणगढतर्फ हिँडेको ग१ख ६१०८ नंको बस बिहान ८ः३० बजेतीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ । यसरी […]

इलामको माईखोला किनारामा लागेको माईबेनी मेलाका केही फोटोहरु

इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकाको सङ्गमस्थल जोगमाई र माईखोला किनारामा माघे सङ्क्रान्तिमा लागेको माईबेनी मेला । यहाँ ताप्लेजुङ, पाँचथर, इलाम र भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ । तस्बिरहरुः गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १  

सिस्नु हानाहान गरी सङ्क्रान्ति मनाउँदै

जाजरकोट (रासस)– परापूर्वकालदेखि जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघे सङ्क्रान्ति मनाउने कार्य शुरु भएको छ । चेली, बुहारीले टाढाटाढाबाट माइती घरमा गएर मिठो, मसिनो खाने चलनसमेत रहेको छ । मङ्गलबार बिहानैदेखि जिल्लाको पूर्वी क्षेत्रको नलगाड नगरपालिका, बारेकोट गाउँपालिकामा सिस्नु हानाहान गरेर माघे सङ्क्रान्ति मनाउन टाढाटाढाबाट पाहुना पुगिसकेको पञ्च भयार माध्यमिक विद्यालय जिकुवाका शिक्षक वीरबहादुर खत्रीले […]

तरुल र कन्दमूल नपाएपछि ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर– माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर […]

मन्दिर बीचमा ‘अचम्मको रुख’

घोराही– घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत केही आकृति छन् । त्यहाँका पुजारी त्यही आकृतिलाई […]

तारुकाको साँढेजुधाइः खेल पर्यटनको गन्तव्य

विदुर– नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ । फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा करीब एक सय ५० […]