के हो माघे सङ्क्रान्ति ?

काठमाडौँ– पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै […]

काठमाडौँमा फेरि चिसो बढ्यो

काठमाडौं– काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो । मौसमविद् समीर श्रेष्ठका अनुुसार रातको समयमा आकाश खुला […]

साठी वर्षमा खुल्यो ‘ट्रयाक’

कावासोती– नवलपरासीको अरुणखोला, दमार हँुदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढाँड’को सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ । विसं २०१५ सालबाट गाउँगाउँमा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हँुदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । ‘‘पहिला यहाँका उत्पादन बजारसम्म पु¥याउन, बजारबाट खाद्यान्न ल्याउन […]

शिक्षित परिवारका महिला पनि छाउगोठमा

जाजरकोट– जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् […]

प्रहरी आउँदा गाउँले किन लुके ?

बाजुरा– गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महीनाअघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए । प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत […]

माघे सङ्क्रान्तिमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौँ– परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा […]

वडाध्यक्ष नै मूर्ति चोर !

डोल्पा (रासस)– हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको […]

छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्नुपर्ने बाध्यता

भीमदत्तनगर– छोरा/छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै छिन् । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा समय खर्चिनु दैनिकी बनिसकेको छ । “छोराछोरीको अध्ययन खर्च जुटाउन पनि पुर्खौली सम्पत्ति भएन ।” उनले भनिन्, “बगरमा […]

भोजपुरमा आफ्नै श्रीमतीसँगको यौन सम्बन्धलाई जबर्जस्ती करणी गरेको भन्दै ६ महिना कैदको फैसला

भोजपुर– जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, […]

हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला– आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको […]