सूर्यदेवको आराधना गरी आज छठ पर्व मनाइँदै

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा […]

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने […]

यस्तो छ भाइटीकामा दाजुभाइ र दिदीबहिनीले टीका लगाउँदा प्रार्थना गर्ने मन्त्र

विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ ।  टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ः मार्कण्डेय […]

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला हुने

काठमाडौं । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् […]

आज भाइटीकाको उत्तम साइत ११:३७ बजे

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई […]

नेपालीहरुको महान चाड तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरू हुन्छ । आइतबार बेलुकी […]

मेलम्चीको पानी यही महिना काठमाडौं ल्याउने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । स्थायी समाधान नहुँदासम्म […]

बारामा मजदुर र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

बारा । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गाेली चलाएकाे छ । जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको […]

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण

काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः ५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण […]

आज हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जानकारी दियो । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]