बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । बझाङका डीएसपी जागेश्वर भण्डारीले ६ जनाको घटनास्थलमै मृत्यु भएको र हाल उद्दार कार्य जारी रहेको बताए । जीप भीरबाट खसेको प्रहरीले जनाएको छ । स्थानीय डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रहरीले दुर्घटनामा परेकाहरुको उद्दार कार्य […]

प्रचण्ड पत्नी सीता आइसीयूमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीताको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च […]

काठमाडौंको बर्गर हाउसमा खानै नमिल्ने मासु भेटियो

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो । स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा. लि.ले सञ्चालन गरेको […]

एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने छ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका […]

वायुसेवा निगमले तिर्‍यो​ ७३ करोड ऋण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको […]

बाह्रसिंगा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

कञ्चनपुर । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । […]

सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु, एकजना गम्भीर

दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ । अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं। १, हामपालकी २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी र शोभाका अंकल २१ वर्षीय नबिन बस्नेत अरिंगालको टोकाइबाट घाइते भएका थिए । उनीहरू घरदेखि करिब […]

तापक्रम घट्न थालेपछि नेपालमा चिसो बढ्न थाल्यो

काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र […]

डेंगुबाट हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।

हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालीको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् । खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, […]