एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने छ ।

त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका छ । परीक्षा सञ्चालन जिल्लारप्रदेशरपरीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने छ ।

त्यसको नतिजा प्रकाशन गर्ने काम चाँही बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्ने छ । माघको पहिलो हप्तामा परीक्षाको समय तालिका प्रकाशन गरिने छ । प्रयोगात्मक परीक्षाको अंक र अयोग्य विवरण फागुन मसान्तभित्र पठाइसक्नुपर्ने छ । पुरक परीक्षा भने २०८० को साउन अन्तिम हप्तामा हुने छ ।

कक्षा ९ को विद्यार्थी रजिष्ट्रेशन सम्बन्धमा नयाँ व्यवस्था गरिने भएकाले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिसँग समन्वय गरी सो सम्बन्धी समय तालिका पछि प्रकाशन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।