रोकिएन गुराँस फँडानी

तेह्रथुम– संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गरिरहेका छन् । विभिन्न चाडपर्व र […]

लगानीअनुसार होटेल व्यवसायमा आम्दानी छैन

घोराही– प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ । चार बर्ष पहिले भाडामा घर लिएर करिव रु […]

घोडेपानी–घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी– म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ । वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनामा […]

इलामको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ बन्ने

इलाम– इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ । पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा […]

चावहिल–साँखु सडकको अवस्था बिजोग हुँदा पर्यटक घटे

साँखु– काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् । यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रका रुपमा परिचित चाबहिलबाट साँखुसम्म पुग्ने सडको दूरावस्थाको कारण पर्यटन व्यवसायमा कमी आएको व्यवसायी बताउँछन् […]

तारुकाको साँढेजुधाइः खेल पर्यटनको गन्तव्य

विदुर– नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ । फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा करीब एक सय ५० […]

पर्यटकीय गन्तव्य सौराहा प्रदूषित बन्दै

रत्ननगर– चितवन राष्ट्रिय निकुञ्जको हरियालीबीच बगेको राप्ती नदी । काखैमा रहेको पर्यटकीय गन्तव्य सौराहा । सौराहा दुर्लभ एक सिङ्गे गैँडा, काँडे भ्याकुर र पाटे बाघको बासस्थान हो । यहीँको प्रकृतिसँग रमाउन दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । सौराहा हेर्दा रमणीय र स्वच्छ देखिन्छ तर, प्रदूषण मात्रा पनि यहाँ डरलाग्दो रुपमा बढिरहेको छ । […]

पाथीभराको भेटी दुई करोड

ताप्लेजुङ– ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ । सो रकम दर्शनार्थीले भेटीस्वरुप चढाएका हुन् । पछिल्लो पाँच महीनाको भेटी […]

इलाममा पर्यटन महोत्सव हुने

काठमाडौं– प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम […]

अन्नपूर्ण क्षेत्रलाई पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

पोखरा– अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी आंैजार प्रयोग गरिने छैन […]