पर्यटकीयस्थल र होटल करको दायरामा

बाबियाचौर, म्याग्दी– अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल, होटल तथा रेष्टुरेन्टलाई कानून र करको दायरामा ल्याएको छ । संविधानले दिएको अधिकारको प्रयोग गरेर हालै भएको गाउँसभाबाट पर्यटकीयस्थल, होटल, लज र व्यवसायलाई दर्ता प्रक्रियासँगै करको दायरामा ल्याउने निर्णय पारित गरेको हो । घोडेपानी, पुनहिल, खोप्रा, भुरुङ तातोपानी, मोहरेडाँडा लगायतका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकबाट शुल्क उठाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता […]

पर्यटकीय बसपार्क अब सोह्रखुट्टेमा

काठमाडौँ– तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा सारिएको छ । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सो काम भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताउँछन् । दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा […]

पर्यटक बसका चालक नै मापसे गरेर सवारी चलाउँछन्

काठमाडौँ– जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो । सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका […]

गोसाइँकुण्डमा केबलकार निर्माण हुने

रसुवा– धुञ्चे गोसाइँकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसाइँकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसाइँकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ […]

नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

भारत, लखनउ– नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् । भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले नेपालमा द्वन्द्व समाप्त भएको र शान्ति बहाली भएकाले ढुक्क […]

कर्णाली नदीमा साहसिक जलयात्रा

धनगढी (रासस)– कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट दक्षिणतर्फको चिसापानीसम्मको भागसम्म जलयात्रा गरिएको थियो । नेपालको […]

सिमेन्टको बढ्दो प्रयोगले घान्द्रुकको मौलिकता हराउने चिन्ता

पोखरा– ‘घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,’– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भने । चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस ठाउँमा सिमेन्टको प्रयोग बढेको उनले बताए । ‘सिमेन्टका […]

संरक्षणको पर्खाइमा रोग निको पार्ने पानी

लोकेन्द्र खनाल, रुकुम– रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५ मिनेट जति लाग्छ । सानीभेरी नदीसँगै तातोपानी क्षेत्र अवस्थित छ । तातोपानी क्षेत्रको पानी र सानीभेरीको पानीले फरक अनुभूति दिन्छ । सानीभेरीको पानी चिसो छ भने उक्त क्षेत्रको पानी […]

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’ मन्दिर

रामचन्द्र न्यौपाने, डोल्पा– चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर । प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिङ्गा । त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिउँले सिँगारिएका मुकुटेश्वर, […]

छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै

वासुदेव पौडेल, पोखरा– सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै २०६९ साल जेठ ३ गते सरकारलाई बुझाइएको प्रतिवेदन कार्यान्वयनतर्फ जाने भएको छ । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा २०६९ सालमा फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै […]