नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो

प्रकाश धौलाकोटी, तेह्रथुम– जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरू अहिले निराश भएर फर्कने गरेका छन् । ह्यातुङ पनि भनिने तीनसय […]

नयाँ वर्ष लागेसँगै पर्यटनमा शुभ संकेत, नयाँ वर्षमा दोब्बर पर्यटक

चितवन (पास)– नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । ‘नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । उनकाअनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने […]

गुराँस उत्सवमा रमाए पर्यटक

बागलुङ (पास)– यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे […]

वैशाख १ गते मात्र फुल्ने अचम्मको फूल सलहेश

राजु विश्वकर्मा, लहान– प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते मात्र फुल्ने फूल सलहेशको दर्शन गर्न आज बिहानैदेखि सिरहा जिल्लाको लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठूलो भीड लागेको छ । लहान बजारदेखि ५ किमी पूर्वपश्चिम राजमार्गमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश […]

निलगिरि हिमाल र कालीगण्डकी

मुस्ताङको निलगिरि हिमालको काखमा रहेको धार्मिक पर्यटकीय गाउँ कागबेनी हुँदै बगेको कालीगण्डकी नदी । तस्बिरः निरज थकाली, मुस्ताङ । यहाँका मुख्य खोलाहरूमा लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला,टुकुचे निमूङ निमूङ क्यू खोला,टुकुचे म्हङछिन् खोला, टुकुचे म्हारच्यां क्यू खोला, (चोखोपानी), चिमाङ खोला टुकुचे ताक्सांग खोला, मार्फा खोला, ठिनी खोला, स्याङ खोला, बोक्सि खोला, पाण्डा […]

गुँरास कै राजधानी मानिने ठाउँहरुमा कम फुल्यो गुराँस, पर्यटकमा देखियो निराशा

तेह्रथुम– गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष […]

नयाँ वर्षमा ‘गुराँस उत्सव’

बागलुङ (रासस) नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र […]

छोटो पदमार्गका रुपमा विकास हुँदै ʿपामे–भुम्दीकोटʾ

वासुदेव पौडेल, पोखरा– फेवातालसहितका हिमाली दृश्यहरू र सराङकोटबाट आकाशमा चराजस्तै उडिरहेका प्याग्लाइडिङको अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ, पामे–भुम्दीकोट पदमार्गमा । स्थानीयवासी मीनबहादुर विकका अनुसार पछिल्ला दिन दुई दिनसहित एक रातको बिताउन सकिने मार्गका रुपमा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । फलतः पामेबाट चापाकोट, घडेरी, पलैंचे हुँदै भुम्दीकोट पुग्ने पदमार्ग आसपासमा व्यावसायिक रुपमा होटेल […]

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर (पास)– प्याराग्लाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले ९ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । […]

प्रचार अभावले ‘मिक्लाजुङ’ ओझेलमा

इलाम– पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो । रमणीयस्थल मिक्लाजुङमा […]