आज शेयर बजार ३० अंकले ओरालो लाग्यो

काठमाडौं । आइतबार, सोमबार र मंगलबार उच्च अंकले बढेको शेयर बजार आज बुधबार ३० अंकको झरेको छ । आज बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा रोकिएको छ । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो […]

धनुषा र सप्तरीमा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

काठमाडौं । धनुषा र सप्तरीमा दुई जनाको अत्यधिक चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्। यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिले जनाएको छ । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका […]