आज शेयर बजार ३० अंकले ओरालो लाग्यो

काठमाडौं । आइतबार, सोमबार र मंगलबार उच्च अंकले बढेको शेयर बजार आज बुधबार ३० अंकको झरेको छ । आज बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा रोकिएको छ ।

सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो । जलविद्युत र वित्त समूह बाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक माथिको गिरावट आयो । लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको साढें ९५ लाख कित्ता शेयर ४ अर्ब ६२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५२ को बढ्यो भने ४ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।