चाडपर्वका लागि पौने ३ अर्बको फलफूल आयात

काठमाडौँ – सरकारले फलफूलमा स्वदेशी उत्पादन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।

कतिपय क्षेत्रलाई उत्पादनको सुपर जोन अर्थात पकेट क्षेत्र समेत घोषणा गरेको छ ।

फलफूलकोे आयात भने कम हुन सकेको छैन ।

फलफूलको माग पनि बढ्दो क्रममा छ ।

हाल नेपालका हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र मुस्ताङ गरी ६ जिल्लामा स्याउ उत्पादन हुने गरेको छ ।

अन्य जिल्लामा स्याउखेती विस्तार हुन सकेको छैन । नेपालमा वर्षेनी ५ अर्ब रुपैयाँभन्दा बढीको स्याउ आयत हुने गरेको छ ।