ओमिक्रोनबाट डेनमार्कमा १८ जनाको ज्यान गयो

कोपेनहेगन। डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् ।

डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।पछिल्ला दिनमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघटका कारण पनि युरोपमा कोभिड तीव्रगतिमा फैलिएको बताइएको हो ।

यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् ।