आज मात्रै १२ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ […]

विज्ञको चेतावनी : नेपालमा पनि ओमिक्रोनले भयावह रूप लिनसक्ने

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भनईरसको ओमिक्रोन भेरियन्ट देखिएपछि अब नेपालमा ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । छिमेकी देशहरु भारत र चीनसमा पनि ओमिक्रोनले आक्रान्त पार्न थालेपछि नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् । छिमेकी देश भारतमा बढ्दै […]

किन लगातार घट्दैछ सुनचाँदीको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । […]

ओमिक्रोनबाट डेनमार्कमा १८ जनाको ज्यान गयो

कोपेनहेगन। डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ । यहाँका स्वास्थ्यकर्मीले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च सङ्ख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।पछिल्ला दिनमा क्रिसमस बिदा […]