आजबाट राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागू

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले […]