सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै अर्थ मन्त्रालयको उप–सचिव अर्जुन भण्डारीको हाली मुहाली

काठमाडौं । अर्थ मन्त्रालयको उप–सचिव अर्जुन भण्डारीले शक्तिको चरम दुरुपयोग गर्दै विभिन्न संस्थाहरुको निर्णायक मूमिकामा नियुक्ति लिएको खुलेको छ । भण्डारीले संस्थागत सुशासन सम्बन्धि निर्देशिकाको ठाडो उल्लंघन गर्दै तीनवटा भन्दा बढी संस्थाको संचालक र एक वटा संस्थाको प्रमूख कार्यकारी अधिकृतका रुपमा रहेर नियमित तलब, भत्ता र अन्य राज्यको सेवा सुविधाहरु एपभोग गरिरहेको पाईएको छ । […]