बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पोजेटिभ

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

७७ वर्षीय बच्चन आफैँले ट्विट गरेर यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित गरिएको छ,’ उनले ट्विटमा लेखेका छन्, ‘परिवार र कर्मचारीको पनि परीक्षण गरिएको छ, रिपोर्ट आउन बाँकी छ । पछिल्ला १० दिनमा मसँग सम्पर्कमा आउनुभएका सबैले परीक्षण गराउनुहोला ।’

उनीहरूलाई संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य र कर्मचारीलाई सेल्फ आइसोलेसनमा राखिएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् । बच्चन बाबुछोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।