काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा एक सय ७३ जना संक्रमण मुक्त भई घर फर्केका छन् ।
अहिलेसम्म संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ११ हजार ८ सय ६८ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । निको हुने ६५ दशमलव ५ प्रतिशत हुन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट ४० जनाको मृत्यु भएको छ ।
मन्त्रालयले अहिले २२ हजार २ सय २८ जना क्वारेन्टिनमा रहेका छन् ।