सेयर बजारमा हरियाली, ४३ अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४३ अंकले बढेको छ। मंगलबारभन्दा आज ४३.३६ अंक अर्थात् १.६८ प्रतिशत वृद्धि भइ नेप्से इन्डेक्स २६१९.०३ अंकमा पुगेको हो ।

बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाएका छन् ।

व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ । कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ ।