नेपालमा पछिल्लो २४ घण्टामा थपिए १६२ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६२ संक्रमित थपिएका छन् ।

३ हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।