एलन मस्कको मासकि इन्टरनेट मूल्य ५०० डलर

विश्वकै सबैभन्दा धनी अर्बपति तथा स्पेस एक्स र टेस्ला कम्पनीका मालिक एलन मस्कले आफ्नो भूउपग्रह इन्टरनेट सेवाको निकै तीव्र गतिको स्टरलिङ्क प्रिमियमको उद्घाटन गरेका छन् । स्पेस एक्सले यो सेवा लिन प्रिमियिम किटको मूल्य २ हजार ५ सय, डिपोजिट ५ सय र प्रतिमहिना ग्राहक शुल्क ५ सय अमेरिकी डलर लाग्ने जनाएको छ । स्टारलिङ्कले यो प्रिमियम सेवा व्यापार व्यवसायका लागि उपयुक्त रहेको तथा खराब मौसमको समय पनि राम्ररी चल्ने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले मंगलबार स्टारलिङ्क वेबसाइटमा लिङ्क ट्विट गरेका थिए । सो वेवसाइटमा अब स्टारलिङ्क प्रिमियम सेवाको विज्ञापन भइरहेको छ । सो वेबसाइटकाअनुसार प्रयोगकर्ताहरूले १ सय ५० देखि ५ सय मेगावाइट प्रति सेकेन्ड गतिको प्रिमियम संस्करणको इन्टरनेट सेवा डाउनलोड गर्न सक्छन् । एजेन्सी