भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा पुगेको हो । २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो ।

अष्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए । भारतका अफस्पिनर विक्की ओस्टलले तीन तथा निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए ।